
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृह परिसरमा ठूलो वर्षाभएपछि पानी नै पानी जमेर जलमग्न भएको छ ।
काठमाडौं महानगरका केही कार्यालय समेत रहेको सभागृहमा मेसिन लगाएर पानी फ्याक्न सुरु भएको छ । पानीका कारण भित्र जान समस्या भएको एक कर्मचारीले बताएका छन् ।
सभागृहको अडिटोरियम हलमामा राजधानीमा हुने महत्वपूर्ण कार्यक्रम हुने गर्दछन् । लामो समयदेखि काठमाडौं महानगरद्वारा सञ्चालित मेट्रो एफएम समेत यही भवनमा रहेको छ ।
पानी जाने उचित निकास नहुँदा यहाँ पानी जमेको हो । नजिकै नेपाल प्रहरीद्वारा सञ्चालित क्लव रहेको छ । यहाँ नयाँ भवन बनेपछि आकाशे पानीको निकासमा झन् समस्या बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij