Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

कांग्रेसबाट संस्थापन पक्षका ६ जना मन्त्रीको नाम टुंगो लाग्यो

कांग्रेसबाट संस्थापन पक्षका ६ जना मन्त्रीको नाम टुंगो लाग्यो

  • काठमाडौं । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम फाइनल गरेका हुन् ।

    images
    images
    images

    देउवा पक्षबाट प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । रमेश लेखकले गृह पाउने निश्चित भएको छ । आरजु देउवाले परराष्ट्र मन्त्रालयको जिम्मा पाउने भएकी छन् भने अजय चौरसियालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनाइने भएको छ ।

    दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्रालय पाउने तय भएको छ । ऐनबहादुर शाहीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
    देउवाले संस्थापन इतर समूहसँग ३ जनाको नाम मागेका छन् । संस्थापन इतरका डा.शेखर कोइराला पक्षले भने ४ मन्त्रालय पाउनु पर्ने दाबी गरेपछि कांग्रेसबाट मन्त्री बन्नेको अन्तिम नामावली तयार हुन सकेको छैन ।

    इतर पक्षबाट मन्त्री बन्नेको सूचीमा तेजुलाल चौधरीको नाममा सहमति जुटेपनि जीवन परियार, प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीका नाममा टुंगो लाग्न बाँकी रहेको एक नेताले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाममा सहमति जुटाउन सकेको छैन ।

    नेकपा एमालेले भने सरकारमा जाने मन्त्रीको नाम लगभग टुंगो लगाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij