
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । रौतहटको ईशनाथमा आँप चोरेको विषयमा विवाद हुँदा एक किशोरको हत्या भएको छ ।
ईशनाथ–९ लवातना गाउँका १७ वर्षीय सहबाज मियाँ आलमको टाउकोमा रड र धारिलो हतियार प्रहार गरी बुधबार हत्या भएको हो । हत्याको अभियोगमा दुई युवा पक्राउ परेका छन् । १८ वर्षीय दशई साह र १९ वर्षीय रोशन साह पक्राउ परेका हुन् ।
घटनाको १ दिन अघि मृतकका भाइ १० वर्षीय साबिर मियाँ आलम संग आँप टिपेको विषयमा विवाद हुँदा मृतक सहवाज मियाँ आलमले दशई साहलाई थप्पड हानेका थिए ।
सोही घटनाको बदला लिन दशईले मिल्ने साथी रोशनसँग मिलेर सहवाज मियाँ आलमको हत्याको योजना बनाएको रौतहट प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij