
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
साथै शुक्रबार बस्ने संसद बैठकमा अनिर्वाय उपस्थित हुन सांसदहरुलाई एमालेले निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij