Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अंकले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अंकमा पुगेको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    विभिन्न तीन सय १६ कम्पनीका ११ लाख ६६ हजार एक हजार दुई सय आठ कित्ता शेयर रु पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार आठ सय ८५ मा कारोबार भएको छ ।

    images

    आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

    त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij