Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भुसाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भुसाल

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन् । 

    images
    images
    images

    बिहीबार पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका हुन् । 

    images

    उनले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे । कांग्रेस–एमालेबीचको सहमतिलाई सतर्कताका साथ हेरिरहेको उनको भनाइ छ । उनले संविधान संशोधनको मुद्दा स्पष्ट रुपमा बाहिर नआइसकेको भन्दै स्पष्ट रुपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे ।  

    उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रुपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij