
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता समीकरण गर्ने सहमति भएपछि लुम्बिनीमा एमालेका मन्त्रीले बिहीबार राजीनामा दिने तयारी गरेका हुन् ।
एमालेबाट अर्थमन्त्री बनेका चेतनारायण आचार्यले मुख्यमन्त्री जोखबहादुर महारासमक्ष सामूहिक राजीनामा दिने बताए । उनले बिहीबार साझा ६ तिर राजीनामा बुझाउने तयारी रहेको बताए ।
२०८० चैत २३ गते नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा एमालेसहित ५ दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट ५ जना मन्त्री छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij