Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

घास काट्न जाँदा युवती बलात्कृत

घास काट्न जाँदा युवती बलात्कृत

  • काठमाडौं । लमजुङमा एक १९ वर्षीया युवती घाँस काट्न गएको बेला आफ्नै बारीमा बलात्कृत भएकी छन् । दूधपोखरी गाउँपालिका– ६ मा भएको सो घट्नामा सोही वडाका ४८ वर्षीय प्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    सो घट्ना भएको चारदिन पछि गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईले बताए । उनका अनुसार पीडित घाँस काट्न गएको थाहा पाई पिछा गर्दै गएर जवरजस्तीकरणी गरेका रहेछन् ।

    पीडितलाई पीडक गुरुङले सो घट्ना कसैलाई भनेमा मारिदिने धम्की दिएकोले समयमा उजुरी गर्न नसकेको पीडित परिवारले बताएका छन् । उनले भने, त्यसैले घट्ना ’boutको उजुरी आउन ढिला भएको रहेछ । तर पनि उजुरी दर्नासाथ अभियुक्तलाई पक्राउ गरिएको चपाईले बताए ।

    अभियुक्त गुरुङलाई जिल्ला अदालतमा पेस गरि ७ दिनको म्याद लिई थप अनुसन्धान गर्ने र मुद्दाको तयारी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij