
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेको नवी मुम्बई प्रहरीले नयाँ खुलासा गरेको छ । प्रहरीका अनुसार लरेन्स समूहले सलमानलाई मार्न २५ लाखमा सम्झौता गरेको खुलेको छ ।
यस घटनामा पक्राउ परका लरेन्स गिरोहका ५ जना अभियुक्तविरूद्ध प्रहरीले अहिले मुद्दा दायर गरेको छ । यी अभियुक्तहरू सलमानमाथि आक्रमण गर्न पाकिस्तानबाट एके–४७ राइफल, एके–९२ राइफल र एम–१६ राइफल किन्ने तयारीमा थिए ।
यस बाहेक उनीहरूले जिगाना पेस्तोल पनि लिन खोजेका थिए, जसबाट पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या भएको थियो ।
साथै, सलमानलाई नाबालिगको हातबाट आक्रमण गराउने तयारीसमेत रहेको पाइएको प्रहरीले जनाएको छ । त्यसका लागि नाबालिगसहित ६० देखि ७० सम्मको समूह आउने तयारी थियो ।
आक्रमणपछि उनीहरूको योजना कन्याकुमारीबाट डुङ्गा चढेर श्रीलंका जाने योजना रहेको खुलेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij