Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना

अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना

  • काठमाडौं । बलिवुडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केहिी दिनपछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना भएका हुन् ।

    बिहेपछि शत्रुघन सिन्हा आफ्नो घरको डाइनिङ रुममा लडेको बताइएको छ । चोट लागेपछि उनलाई मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको छ ।

    टाइम्स नाउको रिपोर्ट अनुसार शत्रुघनको करङमा गहिरो चोट लागेपछि अस्पताल भर्ना गरिएको छ । सुरुमा उनलाई सामान्य उपचार गरिएको भएपनि उनको पीडा बढेपछि अस्पताल भर्ना गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

    ७७ बर्षीय सिन्हा हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा त्रिणमूल कांग्रेसबाट चुनाव जितेर सांसद समेत बनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij