Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बाढीले अस्थायी पुल बगाएपछि आवतजावतमा समस्या

बाढीले अस्थायी पुल बगाएपछि आवतजावतमा समस्या

  • काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा वर्षासँगै आएको बाढीले अस्थायी पुल बगाएको छ। मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए। 

    onlinepatrika
    Arghakhachi

    २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई अस्थायी पुलले जोडेको थियो।

    AGNI GROUP

    पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ। मेलम्ची नगरपालिकाका प्रमुख तामाङका अनुसार वर्षा शुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जानकारी दिए। गाउँवासीलाई सहज बनाउन सुरक्षित अस्थायी पुल बनाउन तत्काल लाग्ने उनको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij