Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना बिरामी

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना बिरामी

  • काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन् । आइतबार राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । 

    बिरामी भएकाहरुलाई स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् । बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij