Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

वैवाहिक बन्धनमा बाधिँदै सोनाक्षी

वैवाहिक बन्धनमा बाधिँदै सोनाक्षी

  • काठमाडौं । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाधिँदैछन् । आज सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् ।

    त्यसपछि विवाह दर्ता गर्ने बताएका छन् । यसपछि आज साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुने बताइएको छ ।

    आज हुने रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामाण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुने बताइएको छ ।

    सोनाक्षी सिन्हाको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायण’मा पूजाको आयोजना गरिएको थियो । सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो ।

    सोनाक्षी र जहीर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुबैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij