Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

बागमती नदी किनारमा युवकको शव फेला

बागमती नदी किनारमा युवकको शव फेला

  • काठमाडौं । रौतहटको गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

    images
    images
    images

    पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डीएस्पी एलिजा गिरीले बताइन् ।

    शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij