Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

हवाई टिकटमा भ्याट हटाइन्छ : पर्यटनमन्त्री तामाङ

हवाई टिकटमा भ्याट हटाइन्छ : पर्यटनमन्त्री तामाङ

  • काठमाडौं । पर्यटनमन्त्री हितबहादुर तामाङले हवाई टिकटको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य अनावश्यक कर हटाउन काम भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो उद्घाटन गर्दै यसको समाधान बजेट पास हुनुअघि नै गरिने उनले प्रस्ट पारे । 

    images
    images
    images

    पर्यटनमा भ्याट र अनावश्यक कर हटाएपछि पर्यटकलाई सस्तोमा धेरै समय बस्न प्रोत्साहन हुने विश्वास मन्त्री तामाङको छ । पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको उनको भनाइ छ । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएका थिए ।

    images

    पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा विभिन्न कर हटाउने कुरामा सरकार लागिपरेको र सम्बोधन पनि हुने उनले आश्वासन दिएका छन् । विश्व पर्यटनमा नेपाल घुम्नैपर्ने सूचीमा पर्ने हुँदा अब पुरानो गन्तव्य मात्र नभई पर्यटनको राम्रो सम्भावना देखिएका नयाँ गन्तव्यमा पनि पूर्वाधार निर्माणको काम सुरु भइसकेको मन्त्री तामाङले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij