
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई जनताकेन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी स्थापनाका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीलाई जनताकेन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।
साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिँदै संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई उनले अनुरोध गरे ।
उपभापति डा.स्वर्णीम वाग्ललेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताए । पार्टीका महामन्त्री मुकुल ढकालले संगठन विस्तारमा जोड दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij