Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

ओखलढुङ्गामा वडाध्यक्ष कार्कीको निधन

ओखलढुङ्गामा वडाध्यक्ष कार्कीको निधन

  • काठमाडौं । ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका-५ का ५० वर्षीय वडाध्यक्ष गोपीकृष्ण कार्कीको बुधबार बेलुका निधन भएको छ ।

    images
    images
    images

    उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

    images

    गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij