
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । महोत्तरीमा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ । महोत्तरी कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि कुटपिट भएको हो ।
कुटपिटबाट घाइते जग्तारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ ।
गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् । कुटपिट गर्ने राजेशको आफन्तका दुई महिना अघि दुई महिने शिशुको मृत्यु भएको थियो ।
त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको दाबी छ । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।
यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारमाथि समान्य बिबादमा कुटपिट भएको बताए । तर, बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।
उनले पीडित सम्पर्कमा आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij