Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे गृहमन्त्रीको जवाफ माग

लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे गृहमन्त्रीको जवाफ माग

  • काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।

    images
    images
    images

    बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको बताए । यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका रहेको उनले बताए ।

    ‘लागुऔषधको स्रोत के हो ? समातिएको नष्ट गरिएको भनिन्छ । नष्ट गरिएको भए कहाँ भएको छ ? कतै यो रिसाइकलिङ त भइरहेको छैन ? समात्नमा संलग्न व्यक्तिमार्फत फेरि मार्केटमा पठाउने र यसमा ठूलो व्यापार त भइरहेको छैन ? यसको वास्तविकताबारे अवगत गराउन माग गर्न चाहन्छु,’ उनले भने ।

    यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij