
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्डहलमा मंगलबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेश खेलकुद विकास बोर्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले कोशीलाई पहिलो सेटमा २५–१६, दोस्रोमा २५–१५ र तेस्रोमा २५–२२ ले हरायो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij