Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

धरानको खानेपानी समस्या समाधान हुन्छ: मन्त्री राई

धरानको खानेपानी समस्या समाधान हुन्छ: मन्त्री राई

  • काठमाडौं । प्रत्येक वर्ष सुक्खा मौसम सुरु भएसँगै खानेपानी अभाव झेलिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्र राईले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरानले आज आयोजना गरेको धरानको खानेपानी समस्या समाधान छलफल कार्यक्रममा मन्त्री राईले सप्तकोशीबाट खानेपानी ल्याउन ‘डिपिआर’को काम अन्तिम चरणमा पुगेको र केही प्राविधिक कामहरु मात्र बाँकी रहेको जानकारी दिए ।

    AGNI GROUP

    आगामी आर्थिक वर्षमा सप्तकोशी खानेपानी योजनालाई ‘डिपिआर’को लागत अनुमान बमोजिम बजेट विनियोजन गरिएको उनले स्पष्ट पारे । खानेपानी आयोजनाका लागि रु पाँच अर्ब ७२ करोड ५६ लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए ।

    सोही क्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज साम्पाङ राईसँगको भेटमा मन्त्री राईले भने, ‘अब ढिला नगरी सप्तकोशीबाट पानी ल्याउन आगामी आर्थिक वर्षमा ‘टेन्डर’ हुन्छ, ढुक्क हुनुहोस् ।’

    धरानको खानेपानी समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै आगामी आवमा सप्तकोशीको पानी ल्याउने योजनाको ‘डिपिआर’ सकेर लागत अनुमान गरी बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

    आफ्नो कार्यकालमा धरानलाई जसरी पनि पानी खुवाउने वचन मन्त्री राईले दिए । मन्त्री राईसँगको भेटघाटमा नगर प्रमुख साम्पाङले धरानको खानेपानी समस्या बारेमा ज्ञापनपत्र बुझाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij