Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

दयाहाङको आग्रह– हरेक चलचित्र हेर्न जाँदा खाली दिमाग लिएर जाउँ

दयाहाङको आग्रह– हरेक चलचित्र हेर्न जाँदा खाली दिमाग लिएर जाउँ

  • काठमाडौं । अभिनेता दयाहाङ राईले हरेक चलचित्र आफैँमा भिन्दै हुने भएकाले हेर्दा पनि त्यहीअनुसार तुलना र अपेक्षा नगरी हेर्नुपर्ने बताएका छन् । इन्टरनेसनल फिल्म फेस्टिभलमा गएका चलचित्र हेर्न हलमा जाँदा पनि खाली दिमाग लिएर जानुपर्नेमा उनको जोड छ । 

    फेस्टिभलमा गएको सिनेमा कस्तो हुन्छ भनेर हेर्नुभन्दा पनि अरु चलचित्र सरह नै हेर्नुपर्ने उनको धारणा छ । “खाली दिमागले सिनेमा हेर्ने हो । यो फेस्टिभलमा गएको अथवा यो मेकरको सिनेमा भनेर एकखालको छुट्टै अवधारणा बनाएर हामी चलचित्र हेर्न जान्छौँ,” दयाहाङ बाह्रखरीसँग भन्छन्, “हाम्रो अवधारणा र अपेक्षासँग मेल नखाएपछि त्यो सिनेमा वाहियात लाग्नसक्छ । यो कुराबाट मुक्त भएर हामी सिनेमा हेर्दा स्वतन्त्र भएर हेर्नुपर्छ भन्ने मेरो बुझाइ छ ।” 

    आफैँले काम गरेका र विदेशी फेस्टिभलमा गएका यसअघिका चलचित्र निर्देशकले आफ्नै बुझाइमा रहेर स्टोरी टेलिङ गरेको दयाहाङको भनाइ छ । बजारमा रेगुलर हेरेजस्तो चलचित्र नहुँदा अपेक्षा पूरा नहुने र ब्यापारिक रूपमा फेस्टिभलमा गएका सिनेमा धेरै नचलेको उनको तर्क छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij