Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

लाइभ दोहोरीको नाममा अपाच्य प्रस्तुति बन्द गर्न प्रतिष्ठानको चेतावनी

लाइभ दोहोरीको नाममा अपाच्य प्रस्तुति बन्द गर्न प्रतिष्ठानको चेतावनी

  • काठमाडौं । युट्युब च्यानल लगायतका सामाजिक सञ्जालमा लाइभ दोहोरीको नाममा अपाच्य शैली प्रस्तुति भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले त्यस्तो अराजकता बन्द गर्न चेतावनी दिएको छ ।

    images
    images
    images

    आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष रीता थापामगरले त्यस्ता अराजक प्रवृत्तिको घोर भर्त्सना गरेकी छन् । संस्कृतिमाथि हुने यस्ता अतिक्रमण वा अराजकता बन्द गर्न गराउन प्रतिष्ठानले कलाकार, स्टुडियो र युट्युब च्यानललाई सचेत समेत गराएको छ ।

    images

    आगामी दिनमा यस्ता गतिविधि दोहोर्‍याएको पाइएमा प्रतिष्ठानको साधारण सदस्यता समेत खारेज गरी सबै सेवा सुविधाबाट बञ्चित समेत गर्ने जनाइएको छ ।

    पछिल्लो समय युट्युब लगायत सामाजिक सञ्जालमा लाइभ दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको, यसले समाजमा नकारात्मक असर पारेको, नेपालको विशिष्ट पहिचानको रुपमा रहेको लोकसंस्कृति, सदियौंदेखि चल्दै आएको दोहोरीको मूल मर्ममा प्रहार भएको समेत प्रतिष्ठानले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij