Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रियंका चोपडाले लगाइन ३५ करोडको हार

प्रियंका चोपडाले लगाइन ३५ करोडको हार

  • काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा पनि चिनिने भइसकेकी छन् । उनले बलिउड छोडेर हलिउड प्रवेश गरेको पनि धेरै वर्ष भइसकेको छ ।

    प्रियंका अभिनयसँगै महंगा तथा विलासी जीवनशैलीका लागि पनि चर्चित छन् । उनी अहिले फेरि आफ्नो कपालको स्टाइलले गर्दा चर्चामा छन् । उनको नयाँ हेयरस्टाइलमा लिइएका तस्वीर सामाजिक सञ्जालमा भाइरल छन् ।

    तर, उनले कपाल काटेर छोटो बनाउनुको पछाडि पनि कारण छ । उनले छोटो कपाल किन बनाईन् ?

    प्रियंकाले आफ्नो नयाँ हेयरकटसँगै घाँटीमा लगाएको गहनाले पनि सबैलाई आकर्षित गरेकी छन् । रिपोर्टअनुसार अभिनेत्रीले लगाएको नेकलेसको मूल्य ३५ करोड भारुको भएको बताइएको छ । यो हिराको हार हो ।

    प्रियंकाले लगाएको नेकलेसको तौल १४० क्यारेट छ र यो बनाउन २८०० घण्टा लागेको थियो । अभिनेत्रीले लगाएको यो नेकलेसको हिरालाई काटेर ७ वटा शेपमा तयार गरिएको छ । उक्त हारमा २० क्यारेटभन्दा धेरै काँचो हिरा प्रयोग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij