Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

६ वर्षपछि फरार अभियुक्त पक्राउ

६ वर्षपछि फरार अभियुक्त पक्राउ

  • काठमाडौं । सवारी ज्यान कसुरमा अदालतबाट सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । महोत्तरी प्रहरीले महोत्तरी का ६५ वर्षीय सरोज मुखिया विनलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    २०७५ कात्तिक २५ गते जिल्ला अदालत महोत्तरीले विनलाई सवारी कसुर मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई जिल्ला अदालतले २३ दिन कैद र १ हजार नगद जरिवाना भुक्तान गर्नका लागि आदेश दिएको थियो ।

    उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको डीएसपी सन्तुलाल जयसवारले जानकारी दिएका छन् । प्रहरी नियन्त्रणमा रहेको विनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij