
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कपिलवस्तु महिता चोक नजिकको मोडमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
तौलिहवातर्फ आइरहेको लु४४प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारु गम्भीर घाइते भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij