Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

अस्पताल भर्ना भए शाहरुख खान

अस्पताल भर्ना भए शाहरुख खान

  • काठमाडौं । बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् । इन्डिया टुडेका अनुसार हिटस्ट्रोक र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको थियो । शाहरुखको अभिन्न मित्र अभिनेत्री जुही चावला र उनका पति जे मेहता पनि उनलाई भेट्न अस्पताल पुगेको बताइएको छ ।

    अस्पतालले शाहरुखलाई डिस्चार्ज गरिसकेको छ । शाहरुख खानको स्वास्थ्य सामान्य अवस्थामा फर्किरहेको र आइतबार हुन लागेको आईपीएलको फाइनल खेलमा आफ्नो टिम कोलकता नाइट राइडर्सलाई सपोर्ट गर्न उनी जाने जुहीले बताएकी छिन् ।

    मंगलबार राति बिसञ्चो महसुस हुँदा हुँदै पनि अभिनेता आफ्नो टिमलाई सर्पोर्ट गर्न गएका थिए । उनलाई बिस्तारै सन्चो भइरहेको र फाइनलको खेलको आफ्नो टिमलाई चियर गर्न जाने जुहीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij