Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

आजदेखि भूषण दाहालको ‘द ब्राभो डेल्टा शो’

आजदेखि भूषण दाहालको ‘द ब्राभो डेल्टा शो’

  • काठमाडौं । एपीवान टेलिभिजनले प्रशारण रोकेपछि बन्द भएको भूषण दाहालको चर्चित टिभी कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को फेरि सुरु हुने भएको छ ।

    हिमालय टिभीमा आजबाट प्रशारण हुन लागेको हो । राति ८ बजे ग्रान्ड प्रिमियर हुने जनाइएको छ ।दाहालले दोस्रो सिजन नयाँ शैली र प्रस्तुतिमा ल्याउन लागेका हुन् । उनले यसलाई ‘न्युज डकुमेन्ट्री शो’ बताएका छन् । कार्यक्रममा राजनीति मात्र नभई भेराइटी धेरै हुने बताइएको छ ।
    सिजन २ कम्तीमा एक वर्ष चल्ने छ । यसअघि १२५ एपिसोडसहित दुई वर्ष चलेको थियो ।

    यो टेलिभिजन कार्यक्रमलाई साझा कथा र दाहालले मिलेर उत्पादन गर्दैछन् । यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ भने ‘साझा कथा’ युट्युब च्यानलबाट पनि स्ट्रिमिङ हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij