
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडाैं । चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रहेर फिल्म बन्ने भएको छ । यस फिल्मको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ। फिल्मको घोषणा गर्दै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले फिल्मको निर्माणको घोषणा गरेका हुन् ।
प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने यो फिल्मलाई शिशिर खातीले निर्देशन गर्ने भएका छन् । यसअघि प्लानेट थ्री फिल्म्सले फिल्म ‘रङ्गेली’ बनाएको थियो ।
कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् ।
आफ्नो कथामा फिल्म बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए । उनले भने, ‘यो सम्भव भएको पनि तपाईँकै कारणले हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij