
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । युवा लोक तथा दोहोरी गायक वसन्त विश्वकर्माले नयाँ गीत 'भागुम मायालु' सार्वजनिक भएको छ ।
समसामयिक विषयवस्तुलाई जोडेर तयार गरिएको प्रस्तुत गीतमा बसन्त विश्वकर्मा र चर्चित गायिका रचना रिमालको आवाज रहेको छ । बसन्त विश्वकर्माकै शब्द अनि संगीत रहेको गीतको एरेन्ज कृष्ण वि.क.भान्जाले गरेका हुन ।
भागुम मायालुको चलदृश्यमा सुनिसा बजगाई र दिप सागरले अभिनय गरेका छन् । बसन्त विश्वकर्माले नै निर्देशन गरेको भिडियोलाई करन चैसिरले खिचेका हुन ।
‘भागुम मायालु’ मा एक प्रेम जोडीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा प्रेमी, प्रेमिकाबीच भईरहेका सामाजिक र पारिवारिक बन्धनका गन्थनहरुलाई प्रस्तुत गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij