Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मकवानपुरको १८ सय हेक्टर वनमा डढेलो

मकवानपुरको १८ सय हेक्टर वनमा डढेलो

  • काठमाडौं । aagolagi.jpg, मकवानपुरका विभिन्न भाग डढेलोको चपेटामा छ । डढेलोका कारण मकवानपुरसहित देशभरकै वायु प्रदूषण उच्च बनेको छ । यसरी फैलिएको डढेलो मानवीय कारणकै उपज भएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।

    images
    images
    images

    मकवानपुरमा दुईवटा डिभिजन वन कार्यालय रहेका छन् । दुबै डिभिजनको तथ्याङ्क अनुसार जिल्लामा लागेको डढेलोको प्रमुख कारण मानव भएको देखिएको हो । जङ्गलमा घाँस पलाउन नदिन, झाडी सफा हुने, घना झाडी हुँदा वन्यजन्तु लुकेर बस्नेलगायतका कारणले जङ्गलमा डढेलो लगाउने गरेको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीपक अधिकारीले बताउनुभयो ।

    जग्गा नापी हुन थालेपछि वन अतिक्रमण गरेर जग्गा कमाउने र लालपुर्जा पाउने आशामा डढेलो लगाउने, कतिपय वन समितिमा व्यक्तिगत रिसिइवी, हेलचेक्रयाइँ, चुरोट खाएर ठुटो वनमा फाल्ने लगायतका कारणले वनमा ढडेलो लागेको उहाको भनाइ छ ।

    गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्ज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको छ । वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको छ । मानवीय कारणले नै डढेलो लाग्ने गरेको छ । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानाजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रूप लिने गरेको छ । डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने लगायतका समस्या निम्तिने गरेको छ । वनमा लागेको डढेलोका कारण वातावरण प्रदूषण हुनुका साथैं मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij