Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

रहेनन् 'माइतीघर' का अभिनेता सिपी लोहनी

रहेनन् 'माइतीघर' का अभिनेता सिपी लोहनी

  • काठमाडौं । ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को निधन भएको छ । उनको सोमबार १ः३० बजे ८६ वर्षको उमेरमा सोमबार निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

    ‘माइतीघर’ फिल्म नेपालमा निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म समेत हो । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लोहनीको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

    उनी गायक समेत थिए । रेडियो नेपालमा केही गीत रेकर्ड गराका छन् । लोहनी ‘माइतीघर’ फिल्मका गायक समेत थिए । उनकी पत्नी पनि अभिनेत्री थिइन् । नेपालीसहित हिन्दी र बङ्गाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हा उनकी श्रीमती हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij