Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरू

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक सुरू

  • काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङमा मत गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । मतपेटिका आज बिहान चैनपुर सदरमुकाम पुगेपछि मतगणनाका लागि ११ बजेदेखि सर्वदलीय बैठक बसिरहेको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images

    सर्वदलीय बैठक सकिएको केहीछिन पछिबाट मतगणना कार्य प्रारम्भ हुने आयोगले जानकारी दिएको छ ।

    images

    बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका शनिबार नै ल्याउने तयारी भएपनि मौसम खराबीका कारण आज नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चैनपुर ल्याएको आयोगले जनाएको छ ।

    बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो । ७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij