Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

  • काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

    images
    images
    images

    उद्घाटन कार्यक्रमलाई स्वागत गर्दै मन्त्री पुनले सम्मेलनमा धेरै आकर्षक परियोजनाहरु शोकेसमा राखिएको जानकारी दिए ।विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता रहेको छ ।

    images

    त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

    लगानी सम्मेलन काठमाडौंमा सुरु, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

    पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहेको छ ।

    images

    त्यसैगरी, स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन÷तीनजना सम्मलेनका लागि नेपाल आएका छन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

    त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij