
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अभिनेता जीवन गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् ।
गिरीले शुक्रबार मोडल सकी इटानीसँग लगनगाँठो कसेका हुन् । काठमाडौंको चाबहिलस्थित आनन्द मार्गस्थित सूर्य इभेन्टमा जीवन र सकीको विवाह समारोह जारी छ ।
काभ्रेका जीवन र चितवन निवासी सकीले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । फिल्म ‘एउटा साथी’ बाट अभिनय डेब्यु गरेका जीवनले केही फिल्म, विज्ञापन चलचित्र र थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् ।
सकीले पनि आधा दर्जन बढी भिडियो अभिनय गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij