Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

पूर्वमन्त्री आलमलाई जन्मकैद

पूर्वमन्त्री आलमलाई जन्मकैद

  • काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई जन्मकैदको फैसला सुनाएको हो ।

    images
    images
    images

    न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो ।

    images

    यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् ।

    आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो ।

    सर्वोच्च अदालतको आदेशपछि आलम २०७६ असोज १९ मा पक्राउ परेका थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij