Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

उपत्यका ब्यापी मेयर कप फुटबल गोदावरीमा 

उपत्यका ब्यापी मेयर कप फुटबल गोदावरीमा 

  • ललितपुर । प्रथम उपत्यकाब्यापी नगरपालिका खुल्ला अन्तर मेयर कप फुटबल प्रतियोगिताको आयोजना ललितपुरको गोदावरी नगरपालिकाले आयोजना गर्ने भएको छ । गोदावरी नगरपालिका-१० स्थित ताहाखेल , झ्यालेन्टारमा रहेको आफ्नै रङ्गशालामा खेलाइने फुटबल प्रतियोगिता राष्ट्रिय योजना आयोगको प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको छ ।

    images
    images
    images

    मेयर कप फुटबल प्रतियोगितामा काठमाडौंका ९ स्थानीय तह, ललितपुरका ५ र भक्तपुर १ टिम गरि कूल १५ टिमको सहभागीता रहने छ । सम्बन्धित स्थानीय तहका खेलाडीहरुले मात्र सहभागी हुन पाउने यस फुटबल खेलले स्थानीय खेलाडीहरुको खेल स्तर उकास्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काममा टेवा पुर्‍याउने उदेश्य बोकेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी गराएका छन् ।

    मेयर गजेन्द्र महर्जनका अनुसार नगरपालिकाले आम नागरिकको जनजीवन सहज बनाउने र सरल पहुँच दिने, बिकास निर्माण साथै दैनिक सेवा सुविधा बाहेक पनि रचनात्मक क्रियाकलाप मार्फत नगरपालिकालाई परिचित गराउन प्रतियोगिताको आयोजना गर्न लागेको बताएका छन् । उनका अनुसार प्रतियोगिता बैशाख १५ गते देखि प्रारम्भ गरिने भएको छ ।

    कूल बजेट खर्च ४८ लाख रहेको जानकारी दिदै मेयर गजेन्द्र महर्जनले विजेता टिमलाई नगद रू.५ लाख, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेता टोलिले नगद रु.३ लाख , मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन् । यसका साथै अनुशासन टोलिलाई रु.५० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वार्ड, सर्वाधिक र उत्कृष्ट प्रशिक्षकलाई रु.२५र२५  हजार नगदले सम्मान गर्ने छन् ।

     
    यसै सन्दर्भमा प्रतियोगिता वडा नं. १४ का अध्यक्ष निरोज वज्राचार्य संयोवक रहने गरि विज्ञहरुको प्रतियोगिता कार्यान्वयन समिति पनि गठन गरिएको जानकारी गराएका छन् । समितले १५ टिम, ३ सय फुटबल खेलाडी, ८ निर्णायक र १०१ स्वयंसेवक र सहयोगीहरु छनौट गरेका छन् ।

    गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार अन्तर नगरपालिका मेयर कपको उदघाटन बैशाख १५ गते नेपाली काँग्रेस पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij