
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । आज राति १२ बजेबाट उपनिर्वाचनमा प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार उपनिर्वाचनको प्रचारप्रसार आज रातिसम्मको समयसिमा छ ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।
वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij