
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् । १०औं जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै नेता सेन विजयी भएका हुन् ।
उनले १८२ मत ल्याएका थिए भने प्रतिस्पर्धी गिरीले १३९ मत पाए ।
यही चैत १८ गतेदेखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगायतका पदाधिकारी चयनमा सहमति हुन नसक्दा बिहीबार बिहान निर्वाचन भएको थियो । निर्वाचनमा ३३८ मत खसेको थियो ।
उपाध्यक्षमा भिमबहादुर सेनकै प्यानलबाट १९३ मत ल्याई ओजबहादुर बुढाथोकी, सचिवमा १७३ मतसहित पुष्पा बोहरा र उपसचिवमा १८० मतसहित गणेशमान सिंह र उपसचिव महिलामा १७३ मत ल्याई सहनशीलता ओली डीसी विजयी भएको निर्वाचन अधिकृत परशुराम ओलीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij