Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

नेकपा एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा

नेकपा एमाले रुकुमपश्चिमको अध्यक्षमा पुनः देवकोटा

  • काठमाडौं । नेकपा (एमाले) रुकुमपश्चिमको अध्यक्ष पदमा पुनः नन्दराम देवकोटा निर्वाचित भएका छन् । जिल्ला पार्टी कार्यालयमा चार दिनसम्म चलेको नवौँ जिल्ला अधिवेशनबाट देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

    images
    images
    images

    उनको अध्यक्षतामा आठ जनापछि थप्ने गरी ६९ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत गणेश हमालले जानकारी दिए ।

    images

    उपाध्यक्षमा पुनः मनवीर घर्ती र सचिवमा पनि पुनः शशिराम नेपाली निर्वाचित भएका छन् । निर्वाचन अधिकृत हमालका अनुसार सहसचिवमा ब्युझ्ना पुनः देवकोटा र तिलक बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । पलबहादुर खड्काको संयोजकत्वमा लेखा समिति पनि निर्विरोध चयन भएको छ ।

    सो समितिको सचिवमा कृष्णभक्त ओली रहेका छन् । आज नवनिर्वाचित जिल्ला समितिको नेतृत्व घोषणाका साथै शपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित जिल्ला अध्यक्ष देवकोटाले सर्वसम्मत नेतृत्व चयन हुनु एमाले रुकुम पश्चिममा एक ढिक्का रहेको सन्देश गएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij