
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट लागु औषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका ब्राजिलियन नागरिकहरु लारिसन ब्रिटो डोस सान्तोस र फेरनान्दा भेल डिसलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए । उनीहरुले कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाएर नेपाल भित्र्याउने गरेको पाइएको छ ।
चैत १३ गते ठमेलको एक होटेलमा लारिसनले सुटकेसभित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले लुकाएको थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो ।
त्यसपछि उनीहरूले थप कोकिन लुकाएको हुनसक्ने आशंकामा दुबै जनालाई प्रहरी अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट थप ६५ ग्राम कोकिन बरामद गरिएको एसपी कार्कीले बताए ।
उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij