
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । दैनिक भास्करका अनुसार ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा एन्जियोप्लास्टी गर्न भर्ना भएका हुन् ।
मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ । जीवनशैली परिवर्तन र औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि एन्जियोप्लास्टी गर्ने गरिन्छ ।
एन्जियोप्लास्टीले धमनीलाई चौडा बनाएर रक्तसञ्चार प्रक्रियालाई सहज बनाउँ छ । बच्चन ‘ठग्स अफ हिन्दोस्तान’ को सेटमा घाइते भएका थिए ।
सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा एक एक्सन दृश्य गर्दा उनको काँधमा चोट लागेको थियो । यद्यपि, यो चोट गम्भीर थिएन । उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो । तर, उनले दृश्य आफैं गर्ने निर्णय गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij