Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

अध्यक्ष दाहाल: राष्ट्रिय सभाको गरिमा उठाउन प्रतिबद्ध छु

अध्यक्ष दाहाल: राष्ट्रिय सभाको गरिमा उठाउन प्रतिबद्ध छु

  • काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका स्थापित गर्न र गरिमा उठाउन भूमिका खेल्न निरन्तर लागिरहने नवनिर्वाचित अध्यक्ष नारायण दाहालले बताएका छन् । मंगलबार अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै दाहालले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने बताए । 

    images
    images
    images

    दाहालले भने, ‘मुख्यगरी राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकालाई पूरा गराउनका निम्ति सबै दलसँग सम्बद्ध माननीय सदस्यहरूलाई एकताबद्ध गरेर लैजाने कुरामा म प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्ने आत्मविश्वास पनि छ ।’

    उनले संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाको कार्यक्षेत्रभित्र पर्ने हरेक विषय कार्यान्वयन गर्न गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij