
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । आगामी चैत १ गतेदेखि पुष्प मेला हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्पो हुने भएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ हुने सो मेला ४ गतेसम्म चल्ने आयोजकले जनाएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा पुष्प मेला हुने जनाइएको छ । मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने मेलाका संयोजक सिताराम पन्तले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij