Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

  • काठमाडौं । आफ्ना पार्टीबाट सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल गर्ने भएको छ । मन्त्रीहरूको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ ।

    images
    images
    images

    रास्वपाका चार जना मन्त्री छन् । सभापति रवि लामिछाने गृह, उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

    ‘पार्टीको एउटा फोर्स मन्त्रालयमा केन्द्रित हुने, एउटा फोर्स संसदमा केन्द्रित गर्न लागेको र अर्को फोर्स पार्टीका अन्य काममा लगाउँदै छौँ,’ महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले भने ।

    मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वणिर्म वाग्लेलगायत सहभागी हुनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij