Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मंगलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने

मंगलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने

  • काठमाडौं । मंगलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुको आइतबार बिहान बसेको सर्वदलीय बैठकले मंगलबार निर्वाचन गर्ने सहमति जुटाएको हो । बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी कार्यतालिका तय गरेको छ ।

    images
    images
    images

    संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’

    आइतवार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्ष गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन मिति फागुन २९ गते हुने तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन समेत दिइन् ।

    यसअघि राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ ।

    राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij