
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सर्लाहीको बागमतीबाट ४ राउन्ड गोलीसहित दुई युवा पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटमा आउदै गरेका युवालाई प्रहरीले रोकेर जाँच गर्ने क्रममा ८ एमएम को ४ राउन्ड गोलीसहित उनीहरु पक्राउ परेका हुन् ।
बागमती नगरपालिका– १० बाट उनीहरुलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
पक्राउ परेका बागमती नगरपालिकाका २४ वर्षीय रञ्जित राम र सर्लाही मंलगवाका २१ वर्षीय पोसन महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी सोल्टी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले टो लीले उनीहरुलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij