
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । नयाँ गठबन्धनमा रास्वपाले ४ वटा मन्त्रालय पाएको छ ।
लामिछाने संगै उपसभापतिसमेत रहेका डीपी अर्याल श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय र विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय पाउने भएका छन् ।
रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij