
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यस्तै चाँदीको भाउ भने घटेको छ । बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४४० रुपैयाँ पुगेको महासँघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij