Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सलाई

  • काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका नेदरल्यान्ड्सले जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।

    images
    images
    images

    नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ बल बाँकी हुँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित सिरिजमा नामिबिया भने लिगचरणबाटै बाहिरिएको थियो ।

    नेदरल्यान्डसका लागि ओपनर माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा साइब्रान्ड एंगलब्रेचले ४८ रन बनाए । त्यस्तै, म्याक्स ओड्वाटले २२ रन बनाउँदा विक्रमजित सिंहले २९ रन बनाएका थिए ।

    नेपालका लागि कुशल मल्लले ४ विकेट लिँदा अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका थिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले ४७ रन बनाउनु सर्वाधिक रह्यो । गुल्सन झाले ३४ रन बनाउँदा कप्तान रोहित पौडेलले २५ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले २० रन बनाउँदा कुशल मल्लले २६ रन बनाएका थिए ।

    नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र स्याब्रान्ड एनंगलब्रेचले समान २–२ विकेट लिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij